ग्लोबल आइएमई बैँक पाटनको वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न
बैतडी: बैतडीको पाटनस्थित ग्लोबल आइएमई बैँक लिमिटेड पाटन उपशाखाले वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल आइएमई बैँक लिमिटेड पाटन उपशाखाको आयोजनामा वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम मंगलबार सम्पन्न भएकाे हो।
आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै सञ्जाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेको ग्लोबल आइएमई बैंक लिमिटेड उपशाखाले जनाएकाे छ । ग्लोबल आइएमई बैङ्कमा आवद्ध ग्राहक तथा आमसर्वसाधारणहरुलाई डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रदान गरिएको पाटन उपशाखा प्रमुख उपेन्द्र बहादुर चन्दले बताए।
एक दिने साक्षात्कार कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयबाट शाैरभ रिसाल, निरज शर्मा, प्रादेशिक कार्यालयबाट चेतराज भण्डारी लगायतका प्रशिक्षकले प्रशिक्षण प्रदान गर्नुभएको थियो । उनीहरूले कार्यक्रममा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड कार्ड , क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कोर्पेरेट पे लगायतका विषयमा जानकारी गराएका थिए। साथै कार्यक्रममा सहभागीबाट आएका प्रश्न तथा जिज्ञासाहरुको समेत जवाफ दिइएको थियो।
ग्लोबल स्मार्ट प्लस एप्लिकेशन मोबाईलमा डाउनलोड गरी सोबाट उल्लेखित सेवाहरु लिन सकिने तथा घण्टाै लाइनमा बसेर बैंकमा गई नगद रकम निकाल्नु पर्ने बाध्यताका साथै समयको बचतका लागि पनि डिजिटल बैंकिङ्गका सेवाहरुको महत्व बढेको कार्यक्रममा प्रष्ट्याइएको थियो। नेपाल राष्ट्र बैंकबाट “क” बर्गको इजाजत प्राप्त ग्लोबल आइएमई बैङ्कले देशका ७६ जिल्लामा २ सय ८७ वटा शाखा सञ्जाल विस्तार गरीसकेको तथा हाल बैङ्कको ग्राहक संख्या २७ लाख बढी रहेको समेत कार्यक्रममा जानकारी गराइएको थियो।