जिल्ला अस्पताल बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालन
२०७८ पुष ६, ०३:५०
धनगढी : जिल्ला अस्पताल बाजुरामा पिसिआर ल्याब सञ्चालनमा आएको छ। कोभिड जाँचलाई लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए।
जिल्लामा पहिलो पटक पिसिआर ल्याब सेवा सञ्चालनमा आएको हो। यसअघि कोभिड जाँचका लागि धनगढी, डोटीलगायत जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो। सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परिक्षण गरिएको र ती मध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।
कमेन्ट लोड गर्नुस