सुदूर नेपाललाई विश्वसँग जोड्दै

नदिजन्य पदार्थमा लम्कीचुहा नगरपालिकाको दोहोरो कर

२०७५ पुष २२, ०७:११ कमल सावद

कैलालीको मोहन्याँल गाँउपालिकाले रोरा नदिको आमपानी क्षेत्रको नदिजन्य पदार्थका लागि ७६ लाख ६६ हजारमा ठेक्का लगाएको छ। यो नदिबाट दैनिक ७०/८० ट्याक्टरले नदिजन्य पदार्थ निकासी गर्दै आएका छन्। मोहन्याल गाँउपालिकाबाट ठेक्का पाएको कम्पनीले एक ट्याक्टरबाट तीन सय ५० रुपैया कर लिने गरेका छन्।

पुन ः लम्कीचुहा नगरपालिकाले पनि सोही ट्याक्टरलाई तीन सय ५० रुपैया नै तिराउने गरेको छ। ट्याक्टर व्यवसायी प्रकाश भुलले मोहन्याल गाँउपालिकाबाट नदीजन्य वस्तु ल्याउदा लम्कीचुहा नगरपालिकाले दोहोरो कर लिने गरेको बताए। ‘लम्कीचुहाले पनि कर लिन थालेपछि आज हामी नदिमा गएका छैनौँ, उनले भने। ’चरेला क्षेत्रमा बढि विवाद रहेको छ।

मोहन्याल गाउँपालिकाले कर लिएकोमा लक्मीचुहाले पनि बिल काटेको हो। उनले भने, मोहन्याल हाम्रो भन्छ, लम्कीचुहा हाम्रो भन्छ। खै के हो हामी बिचमा छौ।मोहन्याल गाँउपालिका र लम्कीचुहा नगरपालिका क्षेत्रको सिमानामा समेत विवाद छ। त्यसैले पनि दोहोरो कर संकलन भएको हो।

दोहोरो कर लिन नपाउने भन्दै ट्याक्टर व्यवसायी आन्दोलिन भएका छन्। लम्कीचुहा नगरपालिका क्षेत्रका ट्याक्टरले शनिबार नदिजन्य पदार्थको निकासी गरेनन्। उनिहरुले लम्कीचुहा नगरपालिकाले बैमानी गरेको भन्दै विरोध गरेका हुन्।

लम्कीचुहा नगरपालिका क्षेत्रका ट्याक्टरहरुले मोहन्यालको क्षेत्रबाट नदिजन्य पदार्थको निकासी गर्दा रकम समेत बढि लिनेगरेको बताएको छ। मोहन्याल गाँउपालिकाले जरिमाना सहित कर लिने गरेको छ। मोहन्याँल गाँउपालिबाट नदिको ठेक्का लिएका कमल  रावलले लक्मीचुहा नगरपालिकाले पुन बिल काटेका बताए। हामीले बिल काटेकोमा उनिहरुले पुन काट्नु नपर्नेहो उनले भने।

हामीले चोरी गरेर नदिजन्य पदार्थको निकासी गरेमा जरिमाना पनि लिने गरेका छौ, उनले भने। सिमानाका कारण विवाद भईरहेकाले हामीले पाँच सय बढि मिटर क्षेत्रमा नदिबाट ढुङ्गा, बालुवा निकासी गरेका छैनौ। फेरी पनि उनिहरु हाम्रो क्षेत्र भन्दै दोहोरो कर लिने गरेका रहेछन्। रावलले भने। 
लम्कीचुहा नगरपालिकाले यो बारेमा आधिकारीक धारण बनाएको छैन्।

सिमाना विवादका कारण यस्ता समस्या आउने गरेको लम्कीचुहा नगरपालिकाले बताएको छ। लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले यो बिषयमा आईतबाट अनुगमन गर्ने बताए। उनले मोहन्यालसंग सिमाना जोडिएको सबै क्षेत्रमा सिमाना विवाद छ। त्यो क्षेत्र कुनमा पर्छ हामी आईतबार जादैछौ। बाँकी कुरा पछि खरौला मेयर बजगाईले भने। 
साविकको सुगरखाल र लम्कीचुहा नगरपालिकाको सिमाना क्षेत्रको नदिबाट नदिजन्य पदार्थ निकासी गर्दा विवाद हुने गरेको हो। कैलालीको लम्कीचुहा नगरपालिकाले नदिजन्य पदार्थमा दोहोरो कर लिने गरेको खुलेको छ। मोहन्याल गाँउपालिकाले ठेक्का लगाएको नदिबाट बालुवा, ढुङ्गा, गिट्टि निकास गर्दा लम्कीचुहा नगरपालिकाले पनि कर  लिने गरेको ट्याक्टर व्यवसायीले बताएका छन्।

ट्याक्टर व्यवसायी मोहन्याँल गाँउपालिका र लम्कीचुहा नगरपाकिलाको दोहोरो करमा परेका छन्। मोहन्याँल गाँउपालिकाबाट ठेक्का भएको नदिबाट ढुङ्गा निकासी गर्दा प्रतिट्याक्टर तीन सय ५० रुपैया तिरेका उनिहरु पुन लम्कीचुहा नगरपालिकालाई तीन सय ५० दिन बाध्य रहेका छन्। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस