बैतडीमा शिविर आयोजना गरेर अशक्तलाई नागरिकता प्रदान गरिँदै
बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता भएका, जेष्ठ नागरिकलगायत अशक्तहरूलाई शिविरको आयोवना गरि नागरिकता प्रदान गरेको छ। नागरिकता लिन सदरमुकाम पुग्न नसक्नेका लागि पालिकामै टोली खटाएर नागरिकता दिन सुरु गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए।
उनीसहितको टोली पालिकामा पुगिरहेको छ। पञ्चेश्वरबाट सुरु गरिएको शिविर सबै पालिकामा जाने उनले बताए। ‘जनतालाई सहज होला भन्ने उद्देश्यले जिल्लाका १० वटै पालिकामा गएर सेवा दिने कार्यक्रम बनाएका छौं ’ उनले भने।