सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका अधिकांश योजनाहरुको काम सुस्त गतिमा

२०७५ पुष २१, ०२:०५ रोशन भट्ट

धनगढी उप–महानगरपालिका भित्र सञ्चालनमा रहेका अधिकांश विकास निर्माणका योजनाहरुको काम सुस्त गतिमा भईरहेका छ। कतिपय कामहररु अगाडी वढ्न नसकेको अवस्थमा सञ्चालनमा रहेका आयोजनाहरुले पनि गति लिन सकेका छैनन्। धनगढी उप–महानगरपालिकाका १९ ओटै वडामा सञ्चालित विकास निर्माणका कामहरु सुस्त गतिमा चलिरहेको सम्बन्धित सरोकारवालाहरुले नै स्वीकार गरेका छन्। डेढ बर्ष सम्म पनि नयाँ संरचनामा कर्मचारी र जनप्रतिनिधि अभ्यस्त कुन नसक्दा विकास निर्माणका योजनाको काम अपेक्षाकृत रुपमा अगाडी बढ्न नसको हो। करिव २० वर्ष जति कर्मचारीले चलाएको स्थानीय तह जनप्रतिनिधीको हातमा गएपछि विकाश निर्माणका आयोजनाले गती दिने र समाज परिर्वतन हुन जनआपेक्ष रहेको थियो। स्थानीयस्तरमा देखा पर्ने साना तिना समस्यहरु पनि समाधान गर्नतिर स्थानीय तहको ध्यान नगएपछि नगरवासी निराश भएका छन। जनताको आपेक्ष अनुसार विकाश हुन नसकेको सम्बन्धित कार्यालयहरुले नै बताउने गरेका छन। धनगढी उपमहानगरभरी नै विभिन्न विकास निर्माणका योजनाहरु कार्यानवयन गरिरहेको संघीय आयोजना कार्यान्वयन ईकाईका सुचना अधिकारी श्याम चन्द्र वुढाथोकीले कर्मचारी अभवका कारण काम सुस्त भईरहेको बताए।   
धनगढी उप–महानगरपालिकाको निती तथा कार्यक्रममा समावेश भएका विकाश निर्माणका कार्यक्रमहरु समेत कुनै–कुनै मात्र सम्झौता भएर काम सुरु गरिएका छन भने धेरैजसो विकाश निर्माण योजनाहरु सम्झौता हुन नै बाकी रहेका छन। आर्थीक वर्ष २०७५÷७६ को कार्यक्रममा समावेश भएका आयोजनाहरु दोस्रो चौमासिक लागिसक्दा समेत सुरु हुन सकेका छैनन्। गाउ गाउमा सिंह दरवार आएको नारा लगाईएको भएपनि जनताको माग अनुसार योजना छनोट भने हुने नसकेको धनगढी उप–महानगरपालिकाका ईन्जिनियर डिजराज भट्टले बताए। स्थानीय तहको चुनाव ताका बेला र चुनाव सकिने वित्तिकै धनगढीका जनप्रतिनिधीले धनगढीलाई स्मार्ट सीटी बनाउने ठूलै सपना बाडेका थिए। तर स्मार्ट सीटी बनाउनको लागि भने जनाप्रतिनिधी भएको डेढ बर्ष वितिसक्दा समेत विकासका कामले गति लिन सकेका छैनन्। धनगढी उप–महानगरपालिका भित्र संचालित भईरहेका सबै विकाश निर्माणका कामहरु सुस्तगतिमा भईरहेको स्थानीयले आरोप लगाएका छन। तर धनगढी उप—महानगरपालिकाका मेयर नृप बहादुर वडले भने जनताको माग बढी हुनु स्वाभाभिक भएकाले सबै पुरा गर्न नसकियको बताए।  
 
     

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस