सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी जिल्लाका समस्या बारे कांग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

२०७८ पुष ४, ०३:५३ खबर संवाददाता

धनगढीः बैतडी कांग्रेसले जिल्लाका समस्या बारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ। सभापति चतुरबहादुर चन्दको नेतृत्वको टोलीले आज प्रधानमन्त्रीसंग भेट गर्दै समस्या बारे ध्यानाकर्षण गराएको भेटमा सहभागि एक नेताले बताए। 

नेताहरुले बैतडीमा लेन्थवर्करको समस्या, बाढीपहिरो पीडित र पश्चिम सेती परियोजनाका कार्यान्वयनका बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्रीले उक्त समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको बताइएको छ। 

यस्तै कांग्रेस बैतडीका सभापति चन्दले बैतडीमा नेपाली कांग्रेस पार्टीको भवन निर्माणका लागि समेत पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। भेटमा नेपाली कांग्रेसका नेता रमेश लेखकको समेत सहभागि थिए।

कमेन्ट लोड गर्नुस