सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका पत्रकार विष्ट ‘खेलकुद पत्रकारिता पुरस्कार’बाट सम्मानित

२०७८ पुष ४, ०३:३१ खबर संवाददाता

धनगढीः बैतडीका पत्रकार विनोदसिंह विष्ट युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित भएका छन्। राष्ट्रिय समाचार समितिका बैतडी समाचारदाता विष्टलाई खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो।  

विष्टलाई आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका हुन्। बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटमा जन्मिएका विष्ट विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल छन्।

सुदूरपश्चिमबाट विष्टसंगै मन्त्रालयले विभिन्न प्रदेशका अरु १० जनालाई पनि सम्मान गरेको छ।
 

कमेन्ट लोड गर्नुस