सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक बजारमा चोरी

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ पुष ४, ११:३८ खबर संवाददाता

धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिका-२ स्थित बडिँया बजारमा चोरी भएको छ। रातिको समयमा पसलको ताल्चा फोडेर २ लाख रकम बढीको मालसमान र नगद चोरी भएको व्यापारीले बताएका हुन्।

व्यापारी उमापति भट्टको केदार भुमिराज मसानी टे«र्डसबाट १लाख ५० हजार बराबरको मालसमान चोरी भएको छ। उनले लुगा कपडा, जुत्ता चप्पल र घ्यू का डब्बाहरु चेरी भएको बताए। यस्तै, अर्का व्यापारी काशीसिंह विष्टले आफ्नो कैलपाल खुद्रा पसलबाट नगद २५ हजारसहित ८० हजार रकम बराबरको धनमाल चोरी भएको बताए।

भट्टको पसलबाट यसअघि ४ पटक चोरी भइसकेको र विष्टको पसलबाट गत मंसिर ८ गते ६० हजार रकम बराबरको धनमाल चोरी भएको उनीहरुले बताएका छन्। चोरी गर्दा ताल्चा फुटाउन प्रयोग गरिएको फलामको रड र चप्पल घटनास्थलमै भेटिएका छन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ। 


 

कमेन्ट लोड गर्नुस