धनगढीमा ६० लाखको लगानीमा खुल्यो साथी मार्ट, सेलरोटी पनि पाउने
धनगढीः धनगढीमा ६० लाखको लागतमा साथी मार्ट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलनचोकमा मार्ट सञ्चालनमा आएको हो। मार्टको सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री तारा लामा तामाङले उद्घाटन गरे।
८३ औँ शाखाका रुपमा साथी मार्ट धनगढीमा सञ्चालनमा आएको हो। साथी मार्टका सुदूरपश्चिमका प्रमुख प्रकाश शाहले धनगढीका अन्य दुई स्थानमा पनि साथी मार्टको शाखा सञ्चालनको तयारीमा रहेको बताए। उनका अनुसार धनगढीको उत्तरबेहडी र चटकपुरमा शाखा सञ्चालनको तयारी थालिएको हो।
झापादेखि दार्चुलासम्म मार्टका शाखा सञ्चालनमा ल्याइएको उनले बताए। सुदूरपश्चिमका २५ स्थानमा शाखा सञ्चालनको तयारी थालिएको समेत उनले जानकारी दिए। घरमाउत्पादन गरिएका सेलरोटी, अचार लगायत पनि मार्टमार्फत बिक्री गर्ने उनले बताए।