सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्ञानेन्द्र मल्ललगायत चार खेलाडीलाई गरिएको कारबाही फिर्ता लिन खेलकुदमन्त्रीको आग्रह

२०७८ पुष २, ०४:३२ खबर संवाददाता

काठमाडौँ : ज्ञानेन्द्र मल्ललगायत चार खेलाडीलाई गरिएको कारबाही फिर्ता लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आग्रह गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई बोलाएर खेलाडीलाई गरिएको कारबाहीका विषयमा पुनर्विचार गर्न आग्रह गरेका हुन्।

आज क्यानका अध्यक्ष चतुरबहादुर चन्द, क्रिकेट म्यानेजर विनोद दास मल्ललगायत पदाधिकारीलाई बोलाएर अनुरोध गरेका हुन्।  तर, क्यान पदाधिकारीले पटक–पटक मौका दिँदा पनि खेलाडीले अटेरी गरेका कारण कारबाही गर्नुपर्ने बाध्यता भएको जवाफ दिएका थिए।  पदाधिकारीले सरकारले हस्तक्षेप गर्दा नराम्रो हुने पनि बताएका थिए।

गएको मंसिर २९ गते बसेको क्यान बोर्ड बैठकले कप्तान मल्ललाई हटाएर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो।
 

कमेन्ट लोड गर्नुस