एम्बुलेन्स सेवा शुरु
बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ। नगरपालिकाको रु १० लाख ४९ हजार बजेटमा नगरपालिकाले एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताए।
२४ सैँ घण्टा सञ्चालन गरिने एम्बुलेन्स नेपाल सरकारको एम्बुलेन्स भाडादरमा चलाइने मेलौली नगरपालिकाले जनाएको छ । अन्य एम्बुलेन्सभन्दा यो एम्बुलेन्स सस्तो र सुलभ मूल्यमा सञ्चालन गरिने भएको छ।
करीब छ÷सात महीनाको प्रयासपछि नगरपालिकामा एम्बुलेन्स पु¥याउन सफल भएको नगरप्रमुख कृष्णसिंह नायकको भनाइ छ । बाहिरी मूल्य रु ३४ लाख पर्ने यो टाटा कम्पनीको एम्बुलेन्स भन्सार छुटमा १० लाख ४९ हजारमा ल्याउन सफल भएको मेलौली नगरपालिकाले जनाएको छ।
नगरपालिकामा एम्बुलेन्स पुग्दा नागरिक धेरै खुशी भएका छन्। यसअघि एम्बुलेन्स नहँुदा त्यस क्षेत्रका धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको थियो। अब त्यहाँका बिरामीसँगै सुत्केरी महिलालाई सहज हुने भएको छ। रासस