इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्युक्यासललाई हरायो
काठमाण्डौँः इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले सहज जित निकालेको छ। गएराति भएको खेलमा लेस्टरले न्युक्यासललाई ४–० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा लेस्टरलाई जित दिलाउन युरी टिलमेन्सले दुई गोल गरे भने पाट्सन डाका र जेम्स म्याडिसनले एक-एक गोल गरे। खेलको ३९ औँ मिनेटमा युरीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ५७ औँ मिनेटमा डाकाले गोल गर्दै टिमको अग्रता २–० को बनाए। खेलको ८१ औँ मिनेटमा युरीले दोस्रो गोल गर्दै लेस्टरलाई ३–० को अग्रता दिलाए।
खेलको ८५ औँ मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई ४–० को जित दिलाए। जितसँगै लेस्टर २२ अङ्कका साथ आठौँ स्थानमा उक्लिएको छ।
न्युक्यासल १० अङ्क जोडेर १९ औँ स्थानमा रहेको छ ।