सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन्यजन्तुको जस्तो देखिने आलो मासु सहित पक्राउ परेकालाई उम्काउने चलखेल

२०७५ पुष १९, ११:४९ कमल सावद

वन्यजन्तुको जस्तो देखिने आलो मासु सहित पक्राउ परेका लवकुमार मल्ललाई उम्काउने चलखेल भएको आरोप लागेको छ। वनको सशस्त्र सुरक्षा शाखाको थुनुवा कक्षामा उनी थिएनन्। उनी बिरामी भएको भन्दै सशस्त्रले औषधी गर्न लिएको बताएको छ। सशस्त्र सुरक्षा शाखाका धनगढीका प्रमुख वीरबहादुर थापाले वन्यजन्तुको जस्तो देखिने मासुलाई परीक्षणका लागि काठमाडौं पठाईएको बताए। बुधबार औषधीका लागि अस्पताल लगिएको भनिएका मल्ल मंगलबार पनि बजारमा नै रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार उनलाई उच्च स्तरका राजनीतिक नेताहरुको दवावमा उम्काउने चलखेल भईरहेको छ। 

कैलालीको घोडाघोडी नगरपालिका– ७ कृतिपुर स्थायी घर भएका लवकुमार मल्ल धनगढीमा बस्दै आएका छन्। उनलाई गत सोमबार प्रहरीले धनगढी मनहेराबाट एक थान टुटु म्याग्जीन, त्यसमा लाग्ने नौ थान गोली र वन्यजन्तुकोे जस्तो देखिने २ किलो २ सय ग्राम मासु सहित पक्राउ गरेको थियो। उनीसँग बन्दुकको लाईसेन्स रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरि ओलीका अनुसार प्रहरीले मासुलाई सिलबन्दी गरेरे डिभिजन वन कार्यालयलाई बुझाएको थियो। वन सम्बन्धीको मुद्दा रहेकाल वनलाई बुझाएको उनले बताए। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस