डडेल्धुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना
डडेल्धुरा: अग्नि ग्रुपले डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँ बिक्री, सेवा र पाटपुर्जासहितको शोरुम स्थापना गरेको छ। कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो। शनिवारका महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त सोे शोरुम डडेल्धुराको किर्तिपुरमा उद्घाटन गरिएको छ। अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले उक्त शोरुमको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउन केन्द्रित रहेको छ। सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको उनले बताए।
उद्घाटन कार्यक्रममा डडेलधुराको आधिकारिक बिक्रेता साइपाल अटोमोबिल्स् प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र साउदले महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्री एस सेटअप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टस् को लाभ उपलब्ध गराउनमा समर्पित हुने बताए।
‘डडेल्धुरा र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यो शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप सहितका सबै उत्पादनहरू उपलब्ध हुनेछन् शनिबार नै अग्नि ग्रुपले डोटीस्थित दिपायलमा रहेको दक्षिणकाली मोटर कोर्प प्रालिमा पनि थ्रिएस सेटपमै महिन्द्राका नयाँ शोेरुप र सर्भिस सेन्टरको समुद्घाटन गरिएको छ।
कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक÷कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ।