सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिपायलमा माघे संक्रान्ति मेला लाग्ने

२०७५ पुष १८, ०४:१४ खबर संवाददाता

दिपायलको बासुधारामा माघे संक्रान्ति महास्नान मेला लाग्ने भएको छ। दिल्पेश्वर मठ बासुधारा क्षेत्र बिकास समितिले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि मेला लाग्ने जानकारी दिएको हो। हरिद्वारभन्दा पुरानो तिर्थस्थल बासुधारा प्रचारप्रसार कारण अहिले पनि पछाडी परेकाले यसको ऐतिहासिक महत्व झल्काउन माघ १ गते बासुधारामा महास्नान मेलाको आयोजना गरिएको दिल्पेश्वर मठ बासुधारा क्षेत्र बिकास समितिका अध्यक्ष कर्ण द्वारियाले बताए। दिपायलमा रहेको वासुधाराको ठुलो महिमा रहेको भए पनि प्रचार प्रसारका कारण धेरै वाहिर आउन भने सकेको छैन। संरक्षण ,प्रर्बद्धन तथा उत्थानका लागि सवैले लाग्नु पर्नेे सो क्षेत्रका स्थानिय तथा सरोकारवालाले बताएका छन।

खप्तड यात्रा गर्दा शुरुमा वासुधारामा स्नान गरी त्यहाँको जल लगेर शैलेश्वरी मन्दिरमा दर्शन गरेर खप्तड गए यात्रा सफल हुने धार्मिक विश्वास रहेको डोटीका स्थानिय जित बहादुर खड्काले बताए। उत्तर वाहिनी नदी एक मात्र भएकाले मनले चिताएको धेरै काम पुरा हुने धार्मिक विश्वस समेत रहेको खड्काले बताए। दिपायल सिलगढी नगरपालि ३ का वडा अध्यक्ष चक्र माझीले धार्मिक रुपमा ठुलो महत्व बोकेको वासुधारका लागि वडाले सक्दो सहयोग गर्ने दावी गरे। महास्नान मेलामा रुद्री पाठ, कलश यात्रा, डेउडा, प्रसाद ग्रहण लगायतका कार्यक्रम रहेको दिल्पेश्वर मठ बासुधारा क्षेत्र विकास समितिका मुल संयोजक लोक बहादुर शाहुले बताए। 
 

कमेन्ट लोड गर्नुस