सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा ओमिक्रोन देखिएका दुई विदेशी नागरिकको रिपोर्ट नेगेटिभ

२०७८ मंसिर २१, ०६:३१

काठमाडौंः कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित दुई विदेशी नागरिको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार पीसीआर परीक्षण गराउँदा उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो।

अफ्रिकी मुलुकबाट आएका ती दुवै जनामा सोमबार ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। टेकु प्रयोगशालामा गरिएको जिन्ससिक्वेन्सिङमा उनीहरुमा ओमिक्रोन संक्रमण देखिएको थियो। उनीहरुको सम्पर्कमा आएका ७८ जनामा पनि कोरोना नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए। 

कमेन्ट लोड गर्नुस