सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भारतीय नम्बर प्लेटको स्कारपियो बरामद

२०७८ मंसिर २१, ०६:२३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियो बरामद गरेको छ। आइतवार प्रहरी टोलीले जिल्लाको भिमदत्त नगरपालिका ४ बाट भारतबाट अवैध रुपमा ल्याएर बेवारिसे अवस्थामा रहेको स्कारपियो बरामद गरिएको हो। 

भारतिय यू ए ०६ जी ६३१२ नम्बरको स्कारपियो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले बताए। उनका अनुसार उक्त गाडीको मूल्य दश लाख रहेको छ। 

आज सो गाडी आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस