सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जीप दुर्घटनाः मृतकको संख्या ५ पुग्यो

२०७८ मंसिर २०, ०९:४२ खबर संवाददाता

बैतडीः बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा परि गम्भीर घाइते भएकी पाटन नगरपालिका १ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसंगै मृतकको संख्या पाँच पुगेको हो।   

उनलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारको लागि डडेल्धुरा रेफर गर्ने तयारी हुदैं गर्दा ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। यसअघि दुर्घटनामा परि ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।   
यस्तै दुर्घटना परि अन्य पाँच जना घाइते रहेका छन्। घाइतेमध्ये  पाटन नगरपालिका १ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईलाई  थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको प्रहरलिे बताएको छ। 

पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थलीमा सोमबार साँझ करिब ६ बजेतिर दुर्घटनामा परेको थियो।


 

कमेन्ट लोड गर्नुस