रिटर्नी माईग्रेड नेपालको डोटीमा समिती विस्तार
रिटनी माईग्रेट नेपालको डोटीमा समिती विस्तार गरिएको छ । कर्ण बोहराको अध्यक्षतामा जिल्ला समिती बनाईएको हो । समितीको उपाध्यक्षमा पुष्कर साउँद, सचिवमा शंकर साउँद, सह सचिवमा कृष्ण साउँद र कोषाध्यक्षमा नारद बिष्ट चयन भएका छन् । त्यसैगरी सदस्यमा कर्ण साउँद, ईन्द्र बोहरा, पदम धामी, भीम बोहरा र लोकेन्द्र कुमाल चयन भएको प्रदेश अध्यक्ष चेतन थापाले जानकारी दिए ।
जिल्ला समिती विस्तारमा जिल्ला समन्वय समितिका संयोजक रामवहादुर ऐर रहेका थिए । कार्यक्रममा केन्द्रीय समितीका सल्लाहकार तथा लगानी बोर्ड सदस्य राजेन्द्र देवकोटा, सुदूरपश्चिम नेपाली समाजका महासचिव अमृत शाही, डडेल्धुरा जिल्ला संयोजक परिदत्त अवस्थी, सुप प्रदेश सदस्य रमेश साउँद लगायतको सहभागीता रहेको थियो ।