सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जीप दुर्घटना: मृतकको संख्या ४ पुग्यो

२०७८ मंसिर २०, ०७:४५ खबर संवाददाता

बैतडी : बैतडी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। सोमबार जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थलीमा करिब ६ बजेतिर दुर्घटनामा परेको थियो। मृत्यु हुनेहरुमा पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद विक, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका  २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।  

यस्तै घाइतेमा पाटन नगरपालिका १ सकारका  ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दिपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक रहेको प्रहरीले जनाएको छ। मृतक र घाइते सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।  जीप चालक पाटन ५ बशन्तरपुरका  खेमराज पाण्डेय फरार रहेको र उनको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। 
जीप सडकबाट एक  सय मिटर तल खसेको थियो। 

घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस