बैतडीमा जिप दुर्घटना, १४ जना घाइते
बैतडीः बैतडीमा सोमबार साँझ जिप दुर्घटना भएको छ। पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकारमा दुर्घटना भएको हो।
प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा परेर १५ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप विवरण आउने केही समयमा आउने बताएको छ।
चालक भने फरार रहेका छन्। घटनाको कारण खुल्न सकेको छैन्।