सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैदेशिक रोजगारीवाट फर्किएका सुदूरपश्चिमेलीहरु आफ्नै ठाउँमा सीप अनुसारको काम गर्दै

सामुहिक लगानीका लागि पनि प्रक्रिया अघि वढ्यो

वैदेशिक रोजगारीमा रहेका एक युवकले फर्किएर धनगढीमा फिटनेस सेन्टर सञ्चालन गरेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ चटकपुरमा स्थानीय मोहन तामाङले फारवेश्ट फिटनेश सेन्टर सञ्चालन गरेका हुन्।
वैदेशिक रोजगारीमा रहेका एक युवकले फर्किएर धनगढीमा फिटनेस सेन्टर सञ्चालन गरेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ चटकपुरमा स्थानीय मोहन तामाङले फारवेश्ट फिटनेश सेन्टर सञ्चालन गरेका हुन्।
२०७५ पुष १६, ०६:५८ सीताराम ओझा

वैदेशिक रोजगारीवाट फर्किएका सुदूरपश्चिमेलीहरु आफ्नै ठाउँमा सीप अनुसारको काम गर्न थालेका छन् । व्यक्तीगत रुपमा लगानी गर्दै सीपको प्रयोग गर्दै आत्मनिर्भर भईरहेको अवस्थामा अव सामुहिक लगानी गर्न पनि विदेशवाट फर्किएकाहरु अग्रसर भईरहेका छन् । स्वदेशमा काम छैन भनेर विदेशीने युवाहरुको संख्या अझै कम हुन सकेको छैन् । अझ सुदुरपश्चिमका धेरै युवाहरु रोजगारीका लागि भारत छन् । भारत वाहेक अन्य देश जानेहरु वढिरहेकै वेला विदेशबाट फर्किएकाहरु भने आफ्नै लगानीमा सीप अनुसारको काम गर्न थालेका छन् । विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरेर आत्मनिर्भर वन्ने क्रम वढ्दै गएको छ । लामो समयसम्म तेस्रो मुलुक र अधिकांश भारतमा रोजगारी गर्दै स्वदेश फर्केर सीप प्रयोग गर्नेहरु वढ्दै गएका हुन् । विदेशबाट फर्किएकाहरु त्यहाँ वस्दा सिकेको सीपलाई हाल आएर आफ्नै ठाउँमा प्रयोग गर्दै आत्मनिर्भर बन्न थालेका हुन् । १८ वर्ष भारत र केही सयम मलेसिया वसेर फर्किदै सुविधा सम्पन्न कपडा धुलाई सेन्टर खोलेर आफ्नै ठाउँमा काम गरिरहेको डोटीको शिखर नगरपालिका वडा नम्वर १० वाण्डुरीसैनका ३५ बर्षीय तिकल बोहोराले बताए ।

समृद्ध प्रदेश बनाउने उद्देश्यका साथ बैदेशिक रोजगारीबाट फर्किएका सुदूरपश्चिमेली युवाहरु संगठीत समेत हुन थालेका छन् । वैदेशिक रोजगारबाट फर्किएका सुदूरपश्चिमेली युवाहरु रिटर्नी माईग्रेट नेपाल नामको सस्था खोल्दै संगठीत भएको अवस्थामा सामुहिक लगानीका लागि पनि लागिरहेको संस्थाका सुदूरपश्चिम प्रदेश अध्यक्ष चेतन थापाले जानकारी  दिए । ९ वटै जिल्लामा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई संगठित गराउने अभियान समेत चलिरहेको छ । बर्षाैसम्म विदेशमा पसिना बगाएर अहिले आफ्नै जन्मथलोमा सम्भावना खोजिरहेका सुदूरपश्चिमका युवाहरुलाई संगठित गर्दै आफ्नै प्रदेशलाई समृद्ध बनाउने अभियानमा प्रवासबाट फर्किएकाहरु लागि रहेका छन् । लामो समयसम्म विश्वका विभिन्न देशमा काम गरेर अहिले स्वदेशमै रोजगारीका अवसर खोजीरहेका सुदूरपश्चिमका युवाहरु पनि अव संगठित भएर समृद्ध प्रदेश निर्माणका सारथी बन्ने अभियानमा लागिरहेको थापाको भनाई छ ।

वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सिप, अनुभव र क्षमतालाई सामुहिक अवधारणा मार्फत रोजगारी र उद्यमसिलतामा लगाउने प्रक्रिया पनि अगाडी वढिरहेको छ । सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपालन, पर्यटन, उद्योग र जलविद्युतको प्रचुर सम्भावना भएकोले सम्भावना भएका क्षेत्रहरुमा सामुहिक लगानी गर्नका लागि रकम समेत जुटाउन लागेको सामुहिक लगानीका लागि विदेशबाट फर्किएकाहरुले बनाएको लगानी वोर्डका सदस्य राजेन्द्र देवकोटाले बताए । विदेशमा सिकेको सीप स्वदेशमै लगाउने हो भने समृद्ध प्रदेशको सपना धेरै टाढाको विषय छैन । त्यसैले अरुको देश बनाउन लागेकाहरुलाई घर अाँगनमै काम गर्ने वातावरण वनाउन सकेमा सुदुरपश्चिम प्रदेशले फड्को मार्न समय नलाग्ने पुर्व प्रवासीको अपेक्षा रहेको छ ।

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस