नवज्योती आधारभूत विद्यालयको विकासका लागि धार्मिक महोत्सव
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाटमा रहेको नवज्योती आधारभूत विद्यालय प्राङ्गणमा धार्मिक महोत्सवको आयोजना हुने भएको छ। विद्यालयको विकासका लागि महोत्सवको आयोजना गर्न लागेको मुल आयोजक समितिले जनकारी दिएको छ। विद्यालयलाई माध्यामिक तहमा सञ्चानका लागि आर्थिक स्रोत संकलन गर्नका लागि धार्मिक महोत्सवको आयोजना गर्न लागिएका विद्यालयले जनाएको छ। नवजोती–राजघाट–मोहना संरक्षण तथा विकास धार्मिक महोत्सव २०७५ माघ १ गते संक्रान्तीबाट माघ ७ गते सम्म सञ्चालन हुने विद्यालयका शिक्षक मोहनदेव पन्तले बताउनुभये । धार्मिक महोत्सवमा गुरु अच्युत शरण महाराजले कथा वाचन गर्ने आयोजकले जनाएको छ।