सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ वर्षसम्म न्याय नपाएको द्धन्द्ध पिडितको गुनासो

२०७५ पुष १५, ०५:०२ रोशन भट्ट

१० वर्षे सशस्त्र जनयुद्धको सयममा ज्यान गुमाएका, बेपत्ता भएका, हिंसामा परेका लगाएतका अन्य द्धन्द्ध पिडितहरुले १२ वर्ष सम्म पनि न्याय नपाएको गुनासो गरेका छन्। धनगढीमा आयोजना गरिएको एक कार्यक्रमका विच पिडितहरुले आफूहरुलाई सरकारले १३ वर्ष सम्म पनि अन्यायमा राखेको गुनासो गरेका हुन। द्धन्द्ध सकिएर देश शान्ती प्रक्रियामा गएको पनि १३ वर्ष भईसक्दा पनि पिडितले भने न्याय पाएका छैनन्। तोडौ मौनता अन्त्य गरौँ दण्डहिनता भन्ने मूल नाराका साथ द्धन्द्धपिडितहरुको लागि शनिबार एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा डिजिटल कथा कथन, चित्रकला प्रर्दशनी नाट्य प्रस्तुती गरिएको थियो। कार्यक्रममा स्वगत मन्तव्य राख्दै द्धन्द्ध पिडित हिरा भण्डारीले देशमा जती सुकै ठूलो परिवर्तन आएपनि द्धन्द्ध पिडितको घाउमा मलम लगाउन भने कसैले नसको बताइन् ।  कार्यक्रकका प्रमुख अथिती समेत रहनु भएको सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहाले द्धन्द्ध पीडितले न्यायका लागि ढिलाई भएको स्वीकारे।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस