बैतडीको सिगासमा एक पुरुष मृत फेला
धनगढीः बैतडीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ८ स्थित कालपोखरी भन्ने स्थानमा अन्दाजी ५० वर्षीय कटकसिँह बोहरा मृत भेटिएको प्रहरीले जनाएको छ।
शिवलिङ प्रहरी चौकीका इन्चार्ज राजबहादुर डगौराका अनुसार आज दिउँसो २ बजे उनको शव भेटिएको हो। यसअघि १३ गतेको रात उनी भेटिएको सिगास –८ मा पर्ने कालपोखरी कैलपाल मन्दिरमा मेला लागेको थियो। उनी पनि मेलामै थिए।
यता, बोहराका आफन्तले भने हत्याको आशंका गरेका छन्। उनीहरुले घटनाको छानविन गर्नुपर्ने बताएका छन्। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिने जनाएको छ।