सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ मंसिर १६, ०१:५५ खबर संवाददाता

धनगढीः डडेल्धुरामा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका १ कटालस्थित सडकमा से २ त २४३१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार डोटी जोरायल गाउँपालिका १ गैरा बस्ने ५० वर्षीय टेक बहादुर पातलीको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ।
 

कमेन्ट लोड गर्नुस