दार्चुलामा सडक अनुगमनमा मन्त्री सोडारी
धनगढीः सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले दार्चुलाको खलंगा खार देथला पारिबगर सडकको स्थलगत अनुगमन गरेका छन्। प्रदेश गौरवको योजना अनतरगत रहेको खलंगा खार देथला पारिबगर सडकको मन्त्री सोडारीसहित प्राविधिकहरूको टोलीले स्थलगत अनुगमन गरेको हो।
उक्त सडक साढे १६ करोडको लगातमा निर्माण भइरहेको पूर्वधार विकास कार्यालय बैतडीका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए। उनका अनुसार सडकको निर्माण सम्पन्न गर्न तीन वर्षे सम्झौता रहेको छ। अनुगमनका क्रममा मन्त्री सोडारीले निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन निर्देशनसमेत दिएका छन्।