सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मन्त्री र नेकपा एसका नेता के गर्दैछन् दार्चुलामा ?

२०७८ मंसिर १६, १२:५२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीर्घ सोडारी केही दिन यता सुदूर पहाडतिरै छन्। नेकपा एकीकृत समाजवादीले दार्चुलाको सदरमुकाम खलंगामा पार्टी कार्यालय स्थापना गरेको छ।

मन्त्री सोडारी लगायतका नेताहरु आज उक्त पार्टी कार्यालयको उद्घाटन गर्न दार्चुला पुगेका हुन्। आजै एकीकृत समाजवादी दार्चुलाको बिस्तारित बैठक समेत हुने बताइएको छ। त्यसका लागि एकीकृत समाजवादीका नेता–कार्यकर्ता सदरमुकाम केन्द्रीत भएका छन्।

कमेन्ट लोड गर्नुस