सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी राज्यको इतिहास खोजेका भट्टराईको निधन

२०७८ मंसिर १५, ०२:२६ खबर संवाददाता

धनगढी : इतिहासकार भोजराज भट्टराईको निधन भएको छ। डडेल्धुराको अमरगढी नगरपालिकास्थित पोखराका इतिहासकार भट्टराइको मंगलबार निधन भएको हो।

उनले आधा शताब्दी लामो अनुसन्धानपछि २०७१ सालमा ’डोटी राज्यको इतिहास’ नाम दिएर पुस्तक प्रकाशन गरेका थिए। नेपालको पौराणिक इतिहासको पृष्ठभूमि, डोटीको राजनीतिक इतिहास, डोटी राज्यको सामाजिक, धार्मिक–सांस्कृतिक र आर्थिक इतिहास ’डोटी राज्यको इतिहास’ केलाइएको थियो। 

अभिलेख, ताम्रपत्र, तमसुक र विभिन्न पौराणिक लिपिहरूको उतारसमेत समेटिएको छ। भट्टराईमा इतिहासको चस्का योगी नरहरि नाथले हालिदिएका थिए। २७ वर्षको उमेरमा योगीकै पछि लागेर उनी हिँडेका थिए। नौ वर्षजति विभिन्न लिपिको अध्ययनमा बिताएका थिए।

५० वर्षे यात्रामा उनले हजारौं वंशावली, सात सयभन्दा बढी ताम्रपत्र, तीन हजारभन्दा बढी शिलालेखको अध्ययन गरेर पुस्तक तयार पारिएको थियो। औपचारिक शिक्षा नलिएका भट्टराई ऐतिहासिक विषयमा जुटाएका प्रमाणलाई लिपिबद्ध गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस