२० मुलुकमा फैलियो कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन
काठमाडौंः कोरोनाभाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ बुधबार बिहानसम्म संसारका २० मुलुकमा फैलिएको पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ भेरिएन्टको असरबारे विस्तृत बुझ्न अझै एकसाता लाग्ने जनाएको छ।
थप मुलुकहरुमा भाइरस फैलिन थालेलगत्तै नेपाल र दक्षिण छिमेकी मुलुक भारतले अन्तर्राष्ट्रिय सीमा र उडानमा कडाइ गर्न थालेका छन् भने अफ्रिकी मुुलुकहरुको उडानलाई रोक लगाएका छन्। अहिलेसम्म दक्षिण अफ्रिकामा ७७, बोत्स्वानामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४, पोर्चुगलमा १३ जनामा संक्रमण फैलिएको छ।
जर्मनी, इटाली, अष्ट्रेलिया, क्यानडा, हङकङ, डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अष्ट्रिया, स्वीडेन, स्पेन र दक्षिण कोरियामा एक(एक संक्रमण पुष्टि भएको छ।