सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहाडमा पुल डिजायनमै त्रुटि हुदाँ काम प्रभावित

२०७५ पुष १४, ०६:२२ खबर संवाददाता

बझाङ-पहाडको भु—बनोट अनुसार पुलहरुको डिजायन स्टमेट नगरिदाँ बझाङ जिल्लाको सेती नदीमा र्निमाण थालीएका मोटरेबल पुलहरुको काम प्रभावित भएको छ। पुलको डिजायन अनुसार काम गर्न ठेकदारहरुलाई गाह्रो भएपछि पुल र्निमाणको काम अलपत्र छ भने सेतीपारीका जनताहरुको यातायात चाहना अन्योलमा छ। 
पिखेतको झनाना, चैनपुरको पानकोट र छान्नाको तमैलमा पक्की पुल र्निमाणका लागी ठेक्का भएको चार पाँच वर्ष विति सक्दा पनि ठेकदार लाई पुलको डिजायन अनुसार काम गर्न गाह्रो परेको हुदाँ तिन वटै स्थानका पुलको काम अगाडी बढ्न सकेको छैन्। ठेकदार कम्पनीहरु पुल र्निमाणका लागी साईडमा आएर काम सुरु गर्दा पुलका सपोर्ट पिल्ललहरु पाईल स्टमवाट बनाउनु पर्ने भएका तर यस्तोखालको काम गर्न गाह्रो भएपछि पुल र्निमाणको काम रोकिएको हो। 

कमेन्ट लोड गर्नुस