सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा शुक्रबारदेखि मतदाता नामावली संकलन गरिने

२०७८ मंसिर १५, ०९:२८ खबर संवाददाता

धनगढी : बैतडीमा शुक्रबारदेखि फोटो सहितको मतदाता नामावली संकलन गरिने भएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार यही मंसिर १७ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन गरिने भएको हो। 

मंसिर १७ गतेदेखि २६ गतेसम्म पहिलो चरणमा जिल्लाका ५ ओटा स्थानीय तहमा र दोश्रो चरणमा मंसिर २८ गतेदेखि पौष ८ गतेसम्म अर्को ५ ओटा स्थानीय तहमा मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा दशरथचन्द, मेलौली, पुर्चौंडी नगरपालिका, डिलाशैनी र सिगास गाउँपालिकामा मतदाता नामावली संकलन गरिने छ भने दोश्रो चरणमा पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार र सुर्नया गाउँपालिकामा मतदाता नामावली संकलन गरिने छ। 

यस्तै, दशरथचन्द नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालयमै मतदाता नामावली संकलन गरिनेछ भने अन्य स्थानीय तहको हकमा पालिकाको केन्द्रमा मतदाता नामावली संकलन गरिने छ। 


 

कमेन्ट लोड गर्नुस