सुदूर नेपाललाई विश्वसँग जोड्दै

यु–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको दोस्रो जित

२०७८ मंसिर १४, ०९:४६ खबर संवाददाता

धनगढीः वाई वाई १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको हो।

यसअघि सुदूरपश्चिमले कर्णालीलाई १० विकेटले पराजित गरेको थियो। गण्डकीले दिएको २ सय १० रनको लक्ष्य सुदूरपश्चिमले ६ विकेटको क्षतिमा ४९ दशमलव २ ओभरमा पूरा गर्‍यो। सुदूरपश्चिमका अर्जुन साउदले ६८, राहुल भण्डारीले नटआउट ४२, कप्तान खडकबहादुर बोहराले ४० रन बनाए। गण्डकीका शुभास भण्डारीले ३, सुदीप अर्यालले २ र अर्जुन कु्मालले १ विकेट हात पारे।

त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको गण्डकी ४९ ओभरमा २ सय ९ रनमा अल आउट भएको थियो। उसका दीपक धुम्रेले सर्वाधिक ५६ रन जोडे। सुदूरपश्चिमका कैलाश ऐरीले ३, गजेन्द्र बोहरा र आकाश चन्दले २र२ विकेट लिए। अर्जुन साउद म्यान अफ द म्याच चुनिए। दोस्रो जितसँगै सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। गण्डकी छैठौं स्थानमा झरेको छ।

कमेन्ट लोड गर्नुस