डडेल्धुराको अमरगढीले नगर बस सञ्चालन गर्दै
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ। नगर क्षेत्रमा सञ्चालन गर्ने गरी नगरपालिकाले बस समेत खरिद गरिसकेको छ।
नगरपालिकाले ठेक्का सम्झौतामार्फत चालकसहित ३६ सिट पास भएको बस खरिद गरेको हो। बस खरिदका लागि नगरपालिकाले ३६ लाख रुपैयाँको टेण्डर आह्वान गरेको गरेको थियो। ३५ लाख ७० हजार रुपैयाँमा बस खरिद गरिएको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताए। अब आवश्यक मापदण्ड बनाएर बस सञ्चालन गर्ने उनले बताए।
सार्वजनिक सवारीका साधनको सास्ती भएको भन्दै वडा नं. ११ का स्थानीयले केही समयअघि नगर बस सञ्चालन गर्नुपर्ने माग राख्दै आन्दोलन गरेका थिए।