सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा काँग्रेस विवाद: निधिको उपस्थितिमा कार्यकर्ताले तोडे अनशन

२०७८ मंसिर १४, ०३:५६ खबर संवाददाता

धनगढी: डडेल्धुरामा पुनः अधिवेशनको माग गर्दै आएको नेपाली  काँग्रेसको असन्तुष्ट पक्षले अनशन स्थगित गरेका छन्।  उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा असन्तुष्ट पक्षले अनशन स्थगित गरेका हुन्। निर्वाचन समितिले अधिवेशन बदर गर्न नसकिने निर्णय सोमबार सुनाएको थियो। उक्त निर्णयलाई असन्तुष्ट पक्षले ‘विवादस्पद निर्णय’ भनेको छ। 

निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले डडेल्धुराको अधिवेशनलाई अस्वीकार गर्दै निर्वाचन समितिमा उजुरी दर्ता गरेको थियो। वडादेखि जिल्ला तहसम्मको अधिवेशन बदर गरि पुनः अधिवेशन गर्न मल्ल पक्षले  आगामी संघर्षका कार्यक्रम गर्ने जनाएको छ।  

दुई सातादेखि असन्तुष्ट पक्ष केन्द्रीय कार्यालयमा अनशन बसिरहेका थिए। संस्थापनइतरका नेताहरू पुनः अधिवेशनको पक्षमा भएपनि संस्थापन पक्षले एकतर्फी जिल्ला अधिवेशन गरेको थियो।


 

कमेन्ट लोड गर्नुस