सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा भएको कांग्रेसको निर्वाचनलाई वैधानिकता दिइयो

२०७८ मंसिर १४, ०६:२५ खबर संवाददाता

डडेल्धुराः नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेलधुरामा भएको वडादेखि जिल्ला तहसम्मको सबै निर्वाचन प्रक्रियालाई वैधानिकता दिएको छ। 

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्लसहितको उजुरीमाथि छानविन गर्दै पुनः निर्वाचन गर्न नपर्ने ठहर गरेको हो।

बहुमतको सो निर्णयमा निर्वाचन समितिका सदस्य सीताराम केसीले भने लिखितरूपमा फरक मत राखेका छन्। उनले निर्वाचन अधिकृतले नै धाँधली गरेको भन्दै डडेलधुराको निर्वाचनलाई वैधानिकता दिन नमिल्ने राय लेखेका छन्। 
जिल्लामा पुनः निर्वाचनको माग गर्दै केन्द्रीय कार्यालयमा अनसन चलिरहेको छ। 

रामचन्द्र पौडेल, शेखर कोइरालालगायतका नेताहरूले डडेलधुराको निर्वाचनलाई मान्यता नदिने भन्दै पुनः निर्वाचन हुनुपर्ने बताइरहेका छन्।

 

कमेन्ट लोड गर्नुस