‘ए’ डिभिजन लिग फुटबल
काठमाडौँ: शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम ९एनआरटी० ले बराबरी खेल्दै अङ्क बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो। खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो।
योसँगै ब्रिगेडले दुई खेलमा ४ अङ्क जोडेको छ। पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै, एनआरटीको यो पहिलो एक अङ्क हो। पहिलो खेलमा एनआरटी साबिक विजेता मच्छिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो। खेलमा ब्रिगेडका शिशिर लेखी ‘म्यान अफ दी म्याच’ घोषित भए।