इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले अङ्क बाँडे
काठमाण्डौः इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरी खेल्दै अङ्क बाँडेका छन्।
गएराति भएको खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन्। खेलको ५० औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, खेलको ६९ औँ मिनेटमा पेनाल्टीमार्फत जोर्गिन्होले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए। बराबरीसँगै शीर्ष स्थानमा रहेको चेल्सीले १३ खेलमा ३० अङ्क जोडेको छ। युनाइटेड १८ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ।