कञ्चनपुरबाट ससुराली हिँडेका युवक ६ दिनदेखि बेपत्ता
२०७८ मंसिर १२, ०५:१८
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालीका ६ बस्ने लालबहादुर बिक ६ दिनदेखि सम्पर्कबिहिन बनेका छन्। सुसुराली जान्छु भनेर हिँडेका बिकको अवस्था अज्ञात रहेको आफन्तले बताएका छन्।
कैलालीको गोदावरी नगरपालीका स्याउले ससुराली भएका बिकको खोजीका लागि परिवारले प्रहरीलाई निवेदन दिएको थियो। प्रहरीले उनको खोजी कार्य भइरहेको बताएको छ।
कमेन्ट लोड गर्नुस