बाजुरामा जीप दुर्घटना हुँदा एक जना घाइते
धनगढी: बाजुरामा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। जिल्लाको बडीमालिका नगरपालिका–९ कारागार नजिकै आइतबार बिहान से१ज ९६० नम्बरको जीप दुर्घटना हुँदा सहचालक बडीमालिका–१ पाटाका अन्दाजी २४ वर्षीय भीम दानी घाइते भएका प्रहरीले बताएको छ।
जिल्ला अस्पताल बाजुराबाट थप उपचारका लागि धनगढी रिफर गरिएका उनको बाटोमै मृत्यु भएको र पेष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। कार्यालयका एक प्रहरी अधिकारीले भने, "धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो, अहिले जिल्ला अस्पताल ल्याइँदैछ, अस्पतालले मृत घोषणा गर्न भने बाँकी छ।"
प्रहरीका अनुसार जीप अनियन्त्रित भई साँफे मार्तडी राजमार्गबाट करिब २ सय मिटर तल खसेको हो। जीप चालक २८ वर्षीय बसन्त नाथलाई नियन्त्रणमा लिइएको बताइएको छ।