कञ्चनपुर काँग्रेसको सभापतिमा कडा प्रतिस्पर्धा, लेखक निकट बोगटीको अग्रता
२०७८ मंसिर १२, ०८:२९
धनगढी : नेपाली काँग्रेस कञ्चनपुरको नेतृत्व चयनका लागि मतगणना जारी छ। जिल्ला सभापतिका लागि बहादुरसिंह थापा र पदम बोगटीबीच कडा पतिस्पर्धा भइरहेको छ।
७ सय मत गणना गर्दा रमेश लेखक समूहका बोगटीले ३ सय ५९ मत पाएका छन्। यस्तै एनपी साउद समूहका थापाले ३ सय २२ मत पाएका छन्।सुरुवाती अग्रता थापाले गरेपनि अहिले बोगटीले अग्रता लिएका छन्। जिल्लामा १ हजार ५ सय ७१ मत खसेको छ। कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका छन्।
कमेन्ट लोड गर्नुस