सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिम्पियाधुरामा प्रत्यक्ष जनगणना भएन, टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन

२०७८ मंसिर १०, ०५:३१ खबर संवाददाता

धनगढी : केन्द्रीय तथ्यांक विभागले सुदूरपश्चिमका तीन भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भौतिक उपस्थितिमा जनगणना गर्न नसकिएको बताएको छ। प्रत्यक्ष उपस्थित भएर जनगणना गर्न भारतीय अवरोधपछि अहिले टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन भइरहेको विभागले बताएको हो। 

विभागका महानिर्देशक नेबिललाल श्रेष्ठले भने, ‘भौतिक उपस्थितिमा जनगणना गर्न सकिएन, अहिले टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन गरिरहेका छौँ, संकलन भएपछि रिपोर्ट निकाल्छौँ।’ 

उनका अनुसार जारी जनगणना सम्पन्न भएको छ। विभागको अनुमानमा नेपालको ताजा जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडसम्म हुनेछ। छुटफुटको फोन गरेको आधारमा र यसअघि घर सूचीकृत भइसकेकाको ४÷५ दिन संकलन गरिने पनि विभागको भनाइ छ।  
 

कमेन्ट लोड गर्नुस