सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा महाधिवेशन प्रतिनिधिमा चन्द समूहका १६ र भट्ट समूहका १० जना विजयी

२०७८ मंसिर १०, १०:०९ खबर संवाददाता

बैतडी : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा २६ जना महाधिवेशन प्रतिनिधिहरु चयन भएका छन्। जसमा चतुरबहादुर चन्द समूहबाट १६ जना विजयी भएका छन् भने शिवराज भट्ट समूहबाट १० जना विजयी भएका छन्। 

खुला सदस्यमा भट्ट समूहबाट केशवबहादुर चन्द (६२२), हरिमोहन भण्डारी (५८१), उत्तरबहादुर ऐर (५६३), कर्णसिंह साउँद (५४९), दीपकबहादुर बम (५४४) र कृष्णसिंह नायक (५२३) विजयी भएका छन्। चन्द समूहबाट दिनेशप्रसाद भट्ट (६१३), लोकराज अवस्थी (५५३), दिनेशबहादुर चन्द (५४७) र नरेन्द्रसिंह थापा (५२१) विजयी भएका छन्। 

यस्तै खुला महिला सदस्यमा पुनम पाल बम (५४८), जानकी भट्ट (५१४), तुलसी ठगुन्ना (५०१) र मीना चन्द (४९२) गरी चारै जना चन्द समूहकै विजयी भएका छन्। यस्तै खस आर्य पुरुष तर्फ चन्द समूहका ३ जना र भट्ट समूहका २ जना विजयी भएका छन्। चन्द समूहबाट दिपेन्द्र बम(६०६), सुरेन्द्रसिंह ऐर (५०६) र नरेन्द्रप्रसाद भट्ट (५००) विजयी भएका छन् भने भट्ट समूहबाट तेजबहादुर चन्द (५४३) र कपील केसी (५२५ ) मत ल्याएर विजयी भएका छन्।

खस आर्य महिलातर्फ भट्ट समूहका २ जना र चन्द समूहका २ जना विजयी भएका छन्। भट्ट समूहका कान्ता चन्द शाही (६०१) र सरस्वती कोली (५६२) र चन्द समूहबाट कौशिला चन्द (६२५) र लक्ष्मी शाह चन्द (५४७) विजयी भएका छन्। अपांगताबाट चन्द समूहकै ईश्वरीदत्त भट्ट ६०८ मत ल्याएर विजयी भए भने दलित समूहबाट चन्द समूहकै सुरत पार्की ६२७ मत ल्याएर विजयी भए। आदिवासी जनजातिबाट चन्द समूहकै किरणकुमार राई निर्विरोध निर्वाचित भएका छन्।  
 

कमेन्ट लोड गर्नुस