सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको वेदकोटका मेयर चन्दको एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२०७८ मंसिर १०, ०८:३७ खबर संवाददाता

धनगढी: कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले नेकपा एमालेको दशौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। उनले सुदूरपश्चिम प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताएका हुन्।

तीन दशकदेखि पार्टीमा काम गरिरहेको बताउँदै उनले किसानका मुद्दालाई पार्टी र राज्यको केन्द्रीय तहमा स्थापित गर्न विभिन्न एजेण्डासहित उम्मेदवारी घोषणा गरेको बताएका छन्। शुक्रबार (आज) चितवनमा हुने नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा मेयर चन्द केन्द्रीय सदस्यमा भिड्ने हुँदा आफूलाई अमूल्य मत दिएर विजयी गराउन अपिल पनि गरेका छन्।

कमेन्ट लोड गर्नुस