सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकी थप एक कोरोना संक्रमित युवतीको मृत्यु

२०७८ मंसिर ८, ०५:४८ खबर संवाददाता

धनगढी: कञ्चनपुरकी थप एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१० की २९ वर्षीया महिलाको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा ६९१ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो।

कमेन्ट लोड गर्नुस