सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेढ वर्षपछि भारतीय सवारीसाधनका लागि गड्डाचौकी नाका खुला

२०७८ मंसिर ८, ०४:१५ खबर संवाददाता

कञ्चनपुर: झण्डै डेढ वर्षपछि भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि कञ्चनपुरको गड्डाचौकी नाका खुला गरिएको छ। कोरोना संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले भारतीय नम्बर प्लेटका निजी सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाएको थियो।

कोरोना संक्रमणमा कम भएपछि बुधबारदेखि भारतीय नम्बर प्लेटका सवारीसाधनले भन्सार सुविधा लिएर नेपाल प्रवेश पाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए। उनका अनुसार नेपाल आउने भारतीय नागरिकले खोपको मात्रा पूरा लगाएको कार्ड भने देखाउनु पर्नेछ।

यसअघि भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनलाई मात्रै नेपाल प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको थियो। 

कमेन्ट लोड गर्नुस