सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको काँग्रेस सभापतिमा चन्द विजयी

२०७८ मंसिर ८, ०७:१३ खबर संवाददाता

धनगढी: नेपाली काँग्रेस बैतडी जिल्ला कार्य समितिको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन्। ८ सय ९ मत प्राप्त गर्दै चन्द सभापतिमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी शिवराज भट्टले ४सय ८९ मत प्राप्त गरेका छन्। उपसभापतिमा वीर बहादुर बिष्ट र खगेन्द्रसिंह धामी निर्वाचित भएका छन्। सचिवमा प्रेम बहादुर चन्द र देवराज जोशी विजयी भएका छन् भने सह सचिवमा दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाड विजयी भएका छन्। 

कमेन्ट लोड गर्नुस