सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर-१ को क्षेत्रीय सभापतिमा उपाध्याय निर्वाचित

२०७८ मंसिर ७, ०४:५६ खबर संवाददाता

धनगढी : नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा गोपिप्रसाद उपाध्याय निर्वाचित भएका छन्। उपाध्यायले २६७ मत प्राप्त गरेका छन्। सभापति पदका अर्का उम्मेदवार हरि चन्द ठकुरीले २२९ मत प्राप्त गरे।

त्यस्तै, सचिवमा ३४७ मतसहित बिसराम राना र २७३ मतसहित पदम बहादुर रोकाया निर्वाचित भएका छन् भने सहसचिवमा २७० मतसहित सुरेन्द्र राना र २६० मतसहित हर्क बहादुर बिष्ट (हार्दिक) निर्वाचित भएका छन्। 

कमेन्ट लोड गर्नुस