कञ्चनपुर क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह
कञ्चनपुर: नेपाली कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा कञ्चनपुर क्षेत्र नम्बर २ को सभापतिमा लालबहादुर सिंह विजयी भएका छन्। एनपी साउद प्यानलका लालबहादुर सिंह दोब्बरभन्दा बढी मतान्तरले क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्। उनले रमेश लेखक प्यानलका उम्मेदवार नवराज जोशीलाई १ सय ८४ मतान्तरले पराजित गरेका छन्।
सिंहले खसेको ५ सय ४ मतमध्ये ३ सय ४१ र जोशीले १ सय ५७ मत पाएका छन्। सचिवमा साउद प्यानलका गणेशबहादुर सिंह ३ सय ५० र थानेश्वरप्रसाद भट्ट ३ सय ३१ मतसहित विजयी भएका छन् भने साउद प्यानलकै काशीराम भाट ३ सय १५ मत र रमेशप्रसाद भट्ट २ सय ७६ मतसहित सहसचिवमा विजयी भएका छन्। क्षेत्र नम्बर २ मा लेखक प्यानलका सबै उम्मेदवार पराजित भएका बताइएको छ।