सहकारी स्थानीय तहलाई हस्तान्तरण
जिल्लाका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। जिल्लामा विगतका वर्षदेखि क्रियाशील रहेका १७२ सहकारीलाई डिभिजन सहकारी कार्यालय महेन्द्रनगर, कञ्चनपुरले स्थानीय तहलाई हस्तान्तरण गरेको हो। डिभिजन सहकारी कार्यालयले आइतबार आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित सहकारीलाई सातवटा स्थानीय तहलाई हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टलेले ती सहकारी स्थानीय तहलाई हस्तान्तरण गरे।
उनले गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासनिक अधिकृतलाई सहकारी अभिलेख हस्तान्तरण गरेका हुन्। चौंतीस सहकारी अमरगढी नगरपालिकालाई, २८ परशुरामलाई, नवदुर्गालाई २८, गन्यापधुरालाई २३, अजयमेरुलाई २२, आलिताललाई २० र भागेश्वरलाई १७ वटा सहकारी हरुतान्तरण गरिएको सहकारी डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर खातीले जानकारी दिए।
रासस